शिक्षकहरुको नयाँ बजेट अनुसारको मासिक तलब बढ्यो

आर्थिक वर्ष २०७६/०७७ को बजेटमार्फत सरकारले राजपत्र अनंकिततर्फ २० प्रतिशत र राजपत्रांकिततर्फ १८ प्रतिशत तलव वृद्धि गरेको थियो । अहिले भने दर्जा नछुट्याई एकमुष्ट २ हजारका दरले बढाएसँगै शिक्षकको पनि तलब वृद्धि हुने भएको हो । आर्थिक वर्ष २०७८/०७९ को बजेटको रातो किताबमा सबै राष्ट्र सेवकको तलब २ हजारका दरले बढेको उल्लेख छ । यो भनेको शिक्षक समेत सेना, प्रहरी, निजामति कर्मचारी सबैको बढेको हो । यही दरमा सरकारबाट तलब भत्ता खानेगरी नियुक्त भएका सबै कर्मचारीको तलब बढेको हो ।

सरकारले आगामी शैक्षिक वर्षका लागि कुल बजेटको १० दशमलब ९२ प्रतिशत बजेट विनियोजन गरेको छ । अङ्कमा चालु वर्षको भन्दा ९ अर्ब ६७ करोड बजेट वृद्धि गरेको छ । कुल बजेटको तर कुल बजेटलाई प्रतिशतमा हेर्दा चालु वर्षको भन्दा बजेट घटेको छ । शैक्षिक वर्ष २०७६–०७७ मा कुल बजेटको १०.६८ प्रतिशत, शैक्षिक वर्ष २०७७–०७८ मा ११ दशमलब ६४ प्रतिशत बजेट विनियोजन गरेको थियो ।

सरकारले हिजो अध्यादेश मार्फत सार्वजनिक गरेको बजेटमा शिक्षामा १ खर्ब ८० अर्ब ४ करोड विनियोजन गरिएको छ । अर्थ मन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत् सार्वजनिक गरेको कुल १६ खर्ब ४७ अर्ब ५७ करोड रुपियाँको बजेटमा शिक्षामा १० दशमलब ९२ प्रतिशत विनियोज गरिएको हो ।

चालु शैक्षिक सत्रका लागि सरकारले कुल बजेटको ११ दशमलब ६४ प्रतिशत बजेट विनियोजन गरेको सरकारले आगामी वर्षमा सो प्रतिशतमा शून्य दशमलब ७२ प्रतिशत बजेट घटाएको छ । चालु शैक्षिक सत्रमा अघिल्लो वर्षको तुलनामा शून्य दशमलब ९६ प्रतिशत बजेट वृद्धि गरेको थियो । चालु शैक्षिक सत्रका लागि शिक्षामा १ खर्ब ७१ अर्ब ७१ करोड रुपियाँ बजेट विनियोजन गरेको सरकारले गत वर्षको तुलनामा अङ्कमा बजेट बढाए पनि प्रतिशत विगतको वर्ष भन्दा घटेको देखिएको हो । कुल बजेटमा शिक्षाको लागि विनियोतिज रकम गत बर्षभन्दा बढे पनि प्रतिशतमा बढेको छैन ।

Be the first to comment on "शिक्षकहरुको नयाँ बजेट अनुसारको मासिक तलब बढ्यो"

Leave a comment

Your email address will not be published.


*